Logo

भक्तपुरमा केदारनाथको मन्दिर उद्घाटन



Spread the love

८ जेठ, भक्तपुर। भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिरको आज नेपाल मजदूर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका छन् ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर नगरपालिकाले उपभोक्ता समितिमार्फत् पुनःनिर्माण गरेको हो ।

कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गर्दै उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण तथा सम्वद्र्धनको आवश्यकता औँल्याएका छन् ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्र्धारित समयभन्दा अगावै मन्दिर पुनःनिर्माण सम्पन्न भएकाले सम्पदा पुनःनिर्माणमा कहिल्यै पनि अरुको भर पर्नु नहुने बताए ।

त्यसअवसरमा नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले लगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूनाको रुपमा रहेको चर्चा गरेको छ ।

मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्