Logo

रुपन्देहीमा हत्याको आरोपमा ४ जना पक्राउ



Spread the love

८ जेठ, रुपन्देही । रुपन्देहीमा प्रहरीले साथीको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २० वर्षीय राजु विक, ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल र २४ वर्षीय बसन्त खत्री रहेका छन् ।
उनीहरुले आफ्नै साथी कपिलबस्तु बाडगंगा नगरपालिका- ६ बस्ने २७ वर्षीय चिरञ्‍जिवि आचार्यको हत्या गरी रुपन्देहीको सैनामैना नगरपालिका-१० सितलपुर जंगलमा फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

उनीहरु कपिलबस्तुको लक्ष्मण घाटस्थित एक रेष्टुरेण्टमा पाँचैजना मदिरा सेवन गरी बसेका अवस्थामा चिरञ्जिवि आचार्यको मोबाइल हराउँदा झगडा भएको थियो। झगडापछि उनीहरुले राजु विक र रमेश विकले चिरञ्जिवि आचार्यलाई मोटरसाइकलमा लगेर रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डी नजिकको सितलापुर जंगलमा लगि ढुंगाले हानेर हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताएका छन् ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्