Logo

यी हुन् दूध संग खान नहुने केही चिजहरु



Spread the love

दूध हाम्रो स्वास्थ्यको लागि एकदमै आवश्यक पौष्टिक तत्त्व हो l दुधले हाम्रो शरीरमा धेरै फाईदाहरु पनि गर्दछ l तर यस्ता चिजहरु पनि छन् जुन दूध संग खादा हाम्रो स्वास्थ्यलाई फाइदा गर्नुको सट्टा उल्टै बेफाइदा गर्दछ l

 यी हुन् दूध संग खान नहुने केही चिजहरु :

१. यदि तपाईलाई रुघाखोकी लागेको छ भने दुध सँग केरा खानु हुँदैन किनकि यसले झनै खोकी बढाउँछ ।

२. माछा र दूध पनि खानु हुँदैन किनभने यी दुवै खानेकुरा एकैचोटी खानाले ग्याँसको समस्या आउने र छालाको एलर्जी हुन सक्छ ।

३. दूध सँगै दही खानु हुँदैन जसको कारणले गर्दा छाला सम्बन्धी रोग लाग्न सक्छ ।

४. कुनै पनि मसलादार खाने कुरा संग दूध खानु हुँदैन किनकि यी खानेकुरा सँगै खादा पेट दुख्ने ,बान्ता आउने जस्ता समस्या हुन सक्छ ।

५. कटहर खाए पछि या खानु भन्दा अगाडी दूध खानु हुँदैन जसले गर्दा कटहर र दूध मिलेर रियाक्सन गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्