Logo

राजाको भ्रमण जस्तै राष्ट्रपतिको भ्रमणमा पनि सार्वजनिक विदा



Spread the love

bidhya-debi-bhandari

राजा गएर देशमा गणतन्त्र आईसक्दा पनि पुरानो सोच भने गईसकेको छैन । देशमा राजतन्त्र हुँदा राजा विदेश भ्रमणको बेला सार्वजनिक बिदा दिइने चलनको सिको गर्दै  राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुवै दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै बिदाको निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनपछि गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले विसं २०६६ फागुन ३ गतेदेखि तत्कालीन भारतीय समकक्षी प्रतिभा पाटिलको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि भारत भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्