Logo

कतार विश्वकपमा ३२ देशको नै सहभागीता रहने



Spread the love

९ जेठ, काटमाडाैँ – कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो । उक्त बैठकले विश्वकपमा कतारसंगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो ।

तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुश्किल हुने निस्कर्ष निकालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्