Logo

भारतमा सात वटा भाषाहरुबाट क्रिकेट विश्वकप प्रसारण हुने



Spread the love

९ जेठ, काठमाडाैँ – विश्वभर वल्र्ड कप क्रिकेटका लागि आईसीसीले मंगलाबार प्रसारण र डिजिटल वितरण योजनाको घोषणा गरेका छन् । यस योजना अन्तर्गत आईसीसी प्रशंसक माझ पुर्याउनका लागि टलिभिजन, रेडियो र डिजिटल माध्यमका अलावा समाचर, सिनेमा, फैन पार्क र विभिन्न अन्य मिडियासंग साझेदारीको घोषणा गरेको छ ।

आईसीसीले पुरुष क्रिकेट वल्र्ड कप २०१९ को प्रसारण विश्व प्रसारण साझेदार स्टार स्पोर्टसको अलावा २५ साझेदारको साथै २०० भन्दा बढी देशमा हेर्न सकिने सुनिश्चित गरेको छ । भारतमा यस टूर्नामेन्टका लागि सात क्षेत्रीय भाषाहरुबाट प्रसारण गरिने भएको छ । जसका लागि स्टार स्पोर्टसले दुनियाको सर्वश्रेष्ठ कमेन्टेटोर्स टोली बनाएका छन् । यसमा लगभग ५० कमेटेटर समावेश भएका छन् । स्टार स्पोर्टस भारतमा अंग्रेजीको अलावा हिंदी, तामिल, तेलुगु, कन्नड, बंगला र मराठीमा वल्र्ड कप प्रसारण हुने भएको छ । १२ म्याच एशियानेट प्लसको माध्यबाट पलयालममा पनि प्रसारित गर्नेछ ।

पहिलो पटक अफगानिस्तानमा क्रिकेट वल्र्ड कपको प्रसारण हुनेछ । देशका सरकारी प्रसारक रेडियो, टेलिभिजन अफगानिस्तान यसको प्रसारण गर्नेछ । भारत र भारतीय उपमहाद्वीपमा लगभग ३० करोड दर्शक स्टार स्पार्ट्सका डिजिटल स्ट्रीमिंग प्लेटर्फाम हान्स्टारमा वल्र्ड कप म्याच देख्न सकिने बताएइको छ ।

प्रतिक्रिया दिनुहोस्