Logo

बेचबिखनकोे आरोपमा भारतीय पक्राउ



Spread the love

 

९ जेठ, काठमाडाैँ – जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको विहार राज्यस्थित बेतियाका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमाल रहेका छन् ।

युवतीलाई भारततर्फ लैजाने क्रममा तीनै जना पक्राउ परेका हुन् । गुल्मीको धुर्कोट गाउँपालिकाका तीन युवतीलाई विवाह गर्छौं भनी ललाइफकाई लैजाने क्रममा उनीहरुलाई पाल्पाको हार्थोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

युवतीलाई उद्दार गरी घर पठाइएको छ । पक्राउ परेका भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्