Logo

गौरवका आयोजनालाई पर्याप्त बजेट



Spread the love

९ जेठ, काठमाडौं ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट उपलब्ध गराउने भएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजना समयमै सक्न अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा ३५ प्रतिशत बढाउने तयारी गरेको छ। विकासे अन्य मन्त्रालयको अवस्था पनि यस्तै छ। चालु आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न नसकेको भौतिक मन्त्रालयले ३५ प्रतिशत वृद्धि गरिएको बजेटलाई कसरी खर्च गर्न सक्ला भन्ने प्रश्न उब्जिएको छ।

चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको करिब एक खर्ब रुपैयाँमध्ये उक्त मन्त्रालयले १० महिना ९साउन–वैशाख० बित्दा ६० प्रतिशत मात्र खर्च गर्न सकेको छ। भौतिक मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले आउँदो आर्थिक वर्ष सडक, रेलमार्ग र पुल निर्माणका लागि एक खर्ब ३७ अर्ब रुपैयाँको सिलिङ प्राप्त भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्