Logo

बैतडीमा जलेर एकैघरका तीनजनाको मृत्यु



Spread the love

९ जेठ, बैतडी ।

बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका प्रहरीले जनाएको छ ।

खाना खाई टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर वोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्