Logo

लिबियामा २० जना सर्वसाधारण मारिए



Spread the love
सांंकेतिक तस्बिर

९ जेठ, त्रिपोली – लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।

लिबियाका लागि राष्ट्रसंघीय सहयोग मिसन (अन्समिल) का अनुसार हिंसाका कारण १२ जना पुरुष, चार जना महिला र चार जना बालबालिकाको ज्यान गएको छ । घाइते हुनेमा अधिकांश पुरुष छन् ।

अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको बिस्फोटनबाट मानवीय क्षति भएको छ ।
अन्समिलले परस्पर युद्धरत पक्षहरुलाई नागरिक बसोबास क्षेत्रहरुमा बमबारी नगर्न आग्रह गरेको छ । अन्समिलले भनेको छ, यस्ता आक्रमणलाई युद्ध अपराधका रुपमा लिन सकिने छ र त्यसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन सकिनेछ ।

सन् २०११ मा लिबियाका नेता मउमार गद्दाफी पदच्यूत भएदेखि लिबियामा हिंसा र अस्थिरता रोकिएको छैन । साथै राजनीतिक खिचातानी र विभाजनले हिंसात्मक भिडन्तलाई प्रश्रय दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्