Logo

नराम्रो सपनालाई कम गर्न यस्तो गर्नुहोस्



Spread the love

 

 

सबै मानिसहरूको प्यारो चिज भनेकै निन्द्रा हो l जसले दिनभरिको थकाईलाई मेटाउने काम गर्दछ l तर कहिले कहीँ हामीहरूले नराम्रा सपनाहरू देख्दछ l जसले गर्दा रातको बिचैमा हाम्रो निद्रा खलबलिन्छ । यस्ता सपनाले मानिसहरूलाई मानसिक तथा भावनात्मकमा असर पुर्‍याउनका साथै डिस्टर्ब पनि गरिरहेको हुन्छ l

यस्ता सपना रोक्नका लागी अपनाउनुहोस् यी उपायहरू :

काल्पनिक उपचार
यदि तपाइ सुत्नु अघि नराम्रो कुराको बारेमा सोच्नु हुन्छ भने त्यस्तो बानीलाई त्याग्नुहोस् l र राम्रा कुराको कल्पना गर्नुहोस् l जसबाट राम्रै सपना आउने गर्दछ l

सुत्ने रुटिन बदल्नुहोस्
लगातार सपना नराम्रो देखिरहनु भएको छ भने आफ्नो सुत्ने रुटिन बदल्नुहोस् l जसबाट सुत्नुको राम्रो वातावरण मिल्नुका साथै राम्रो सपना पनि देखिनेछ l

तनावबाट टाढा बस्ने
मानवीय जीवनमा तनाव लिनु स्वास्थ्यको लागि हानीकारक छ l जसको कारण मानिसहरु बिरामी हुने गर्दछौँ । यदि नराम्रो सपना देख्नबाट मुक्त हुन् चाहनुहुन्छ भने तनावलाई आफू भन्दा टाढा नै राख्नु पर्दछ l

सपनाबारे अरूलाई सुनाउनुहोस्
यदि तपाईँले बारम्बार नराम्रो सपना देखि रहनु भएको छ भने आफ्नो सपनाको बारेमा अरूलाई सुनाउनुहोस् l जसले गर्दा नराम्रो सपना देख्न कम हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्