Logo

ट्रिपरको ठक्करबाट १ जना मोटरसाइकल चालकको मृत्यु



Spread the love

 


९ जेठ, मोरङ । मोरङमा ट्रिपरको ठक्करबाट १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेत रहेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा को१ख ४३५५ नम्बरको ट्रिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिइएको हो ।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । साथै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्