Logo

पौडी खेल्ने क्रममा १ किशोरको मृत्यु



Spread the love

९ जेठ, नुवाकोट ।  नुवाकोटमा १ जना किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका–१ बानियाँटारका १७ वर्षीय सौगात ढकाल रहेका छन् ।

काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर बिदामा घर आएका ढकाल साथीसँग तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताएको छ ।
उक्त शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्