Logo

काठमाडौँमा फेरि देखियो स्वाइनफ्लु : नयाँ प्रजातिको भए भ्याक्सिनले काग नगर्न सक्ने



Spread the love

swaena

पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिदै आएको र दुई वर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य सङ्गठनले भन्दै आएको भए पनि काठमाडौँमा फेरी एक जना ज्वरो आएर भर्ना भएका बिरामीमा स्वाइनफ्लु देखा परेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा झन्डै खुई साता अघि ज्वरो आएर भर्ना भएका एक बिरामीमा स्वाइनफ्लु देखिएको हो ।

भारतमा सन् २०१६ को अन्त्यतिर नयाँ खालको स्वाइन फ्लु भित्रिएकोले नेपालमा पनि भित्रिन सक्छ भन्ने विषयमा नीति निर्माताले ध्यान दिनुपर्ने भएको छ ।

अहिले आएको नयाँ खालको स्वाइनफ्लु मिचिगन प्रजातिको कति खतरा छ र क्लालिफोर्निया स्टेन्थका लागि भित्राएको भ्याक्सिनले काम गर्छ वा गर्दैन, विश्व स्वास्थ्य सङ्गठनले के कस्तो निर्देशन दिएको छ भन्नेबारेमा नेपालका चिकित्सकलाई पूर्ण जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्