Logo

नयाँ संहिता : विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह भएको हक लाग्ने



Spread the love

pregnant

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको खबर आजको नागरिकमा छापिएको छ ।

मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो । नयाँ व्यवस्थामा कुनै पुरुषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ।

समितिकोक प्रतिवेदन हाल संसद्मा छलफलको क्रममा छ। अब बस्ने संसद् बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्