Logo

मोदीको शान झन उच्च, १३० करोड जनता श्रीकृष्ण झै भारतको पक्षमा उभिएः मोदी



Spread the love

१० जेठ, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १३० करोड भारतीय श्रीकृष्णका रुपमा भारतका पक्षमा उभिएको बताएका छन्। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

लोकसभा चुनावको नतिजा आइरहँदा भारतीय जनता पार्टीले दिल्लीमा गरेको विजयोत्सव कार्यक्रमलाई सम्बोधन मोदीले महाभारतमा श्रीकृष्णले हस्तिनापुरको पक्षमा उभिए झैँ १३० करोड भारतीय मुलुकको पक्षमा उभिएको बताएका हुन्।

‘यो चुनाव कुनै दल वा उम्मेदवारले नभएर जनताले लडेका हुन्’, उनले भने, ‘महाभारत युद्धपछि कसको पक्षमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा कृष्णले भन्नुभएको थियो, ‘म कसैको पक्षमा छैन। हस्तिनापुरको पक्षमा छु।’ भारतीय जनता पनि मुलुकको पक्षमा छन्।’

मोदी बोलिरहँदा विजयोत्सवका सहभागीले ‘‘‘मोदी।। मोदी।।’ नारा लगाइरहेका थिए। मोदीले फकिरको झोला जनता जनार्दनले भरिदिएको बताए। ‘हामी देशबासीमाझ जनादेश लिन गएका थियौँ’, उनले भने, ‘आज हामीले देखेका छौँ कि करोडौँ नागरिकले फकिरको झोला भरिदिएका छन्।’

प्रतिक्रिया दिनुहोस्