Logo

यस कारण झर्छ पुरुषको कपाल



Spread the love

 

 

यदि पुरुष व्यक्तिको उमेर पुगे पश्चात् कपाल झर्दछ ।  त्यो कुनै समस्याको कुरा भएन किनकि उमेर ढल्दै गर्दा कपाल झर्नु स्वाभाविक नै हो l तर उमेर नपुगी नै पुरुषहरूको कपाल झर्छ भने त्यो समस्या कुरा हो l जसको कारण कतिपय मानिसहरूलाई थाहै हुँदैन l

यस्ता छन् कारण कपाल झर्नुका :

यदि कुनै पुरुषमा कपाल झर्नुको समस्या छ भने त्यसको मुख्य कारण वंशानुगत गुण हो। जसले गर्दा कपाल झर्ने गर्दछ l

पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। जसका कारण कपाल झर्न सुरु गर्छ।

यदि पुरुषहरूको टेस्टोस्टेरोन हर्मोन तीव्र गतिसंग बढ्दै गएमा यसले बिस्तारै कपाल झार्ने प्रकिया सुरु गर्दछ l

मानवीय जीवनमा आउने विभिन्न तनावका कारण शरीरमा हर्मोनमा गडबडी आउँछ जसको कारणले पनि कपाल झर्न थाल्दछ ।

यदि कुनै पुरुषले धूम्रपान वा मध्यपान सेवन गर्दछ भने त्यस्ता पुरुषमा यस्ता कपाल झर्ने समस्या देखा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्