Logo

५१ दिनमा “लभ स्टेशन”, विदेश प्रदर्शनको तयारी तीव्र



Spread the love

१० जेठ, काठमाडाैँ – सुपरहिट जोडि प्रदिप खड्का र जसिता गुरूङको फिल्म “लभ स्टेशन“ सफलतापूर्वक ५१ दिनमा प्रवेश गरेको छ । गत चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा आएको फिल्मले आज शुक्रबार पनि फिल्म हलमा शो फाउँदै ५१ दिन मनाएको हो ।

गत चैत्र २२ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले नेपालका देश तथा विदेशमा रहने दर्शकको ध्यान तान्न सफल भएको छ । सुरूवाति देखिनैमा आक्रामक व्यापार तथा दर्शक पाएको यस फिल्मले आज अर्थात् ५१ दिन सम्म पनि सोही लय समातिरहेको छ ।

काफिया फिल्मसको व्यानरमा गोविन्द शाही तथा क्रिशु शाहीको निर्माणमा बनेको यो फिल्मले नेपाली दाजुभाइ तथा दिदिबहीनि रहेका हरेक मुलुकमा नेपालीलाई आकर्षित गरिरहेको छ । यो फिल्म हङकङ र टोकियोमा समेत प्रदर्शन हुने निश्चित भइसकेको छ ।

हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् अबको २० दिन पछि प्रदर्शन हुने छ । हङकङमा “लभ स्टेशन“ “योय मा तेइ कम्युनिटि हल“मा प्रदर्शन हुनेछ । यो फिल्मको प्रदर्शन १६ जुन आइतबार साँझ ६:३० मा हुनेछ ।

त्यसैगरी टोकियो स्थित नाकानो जेरो हलमा जुन २३मा यो फिल्म साझ ६ बजेबाट यो फिल्म प्रदर्शन हुने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्