Logo

कलैयामा विद्यालयको छतबाट हाम फाल्दा एकको मृत्यु, एक घाइते



Spread the love

 

 

१० जेठ,बारा l बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भए सँगै एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साह हुन् भने गम्भीर घाइते १४ वर्षीया छात्रा रहेका छन् l

विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेका शाहको वीरगन्ज नारायणी अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको हो र छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताएको छ l

प्रतिक्रिया दिनुहोस्