Logo

राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न



Spread the love

१२ जेठ, हेटाैँडा – मकवानपुरको हेटौँडामा शुक्रवारदेखि सुरु भएको राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता साँझ शनिवार सम्पन्न भएको छ ।

प्रतिनिधि सभाका सांसद तथा अर्थ समिति सभापति कृष्ण दाहालको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगिता प्रदेश ३ का प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर वानियाँको प्रमुख आतिथ्यतामा समापन भएको थियो । प्रतियोगितामा ६० केजी तौल मुनि काठमाडौका सन्तोषकुमार लामा प्रथम् ,स्याङ्जाका कमल हिताङ द्धितीय, मकवानपुरका विनोद थापा तृतीय र पर्साका प्रिन्सकुमार यादव उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यसैगरी ६० केजी माथि कास्कीका रुपक नेपाली प्रथम्, ललितपुरका विनय सिंह द्धितीय, ललितपुरकै रविन राना तृतीय तथा काठमाडौँका संजय थापामगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताको महिला तर्फ काठमाडौकी निशा बोहोरा प्रथम् , ललितपुरकी सुजिता राई द्धितीय, स्याङ्जाकी कल्पना एस. के. तृतीय भएकी थिईन् भने मकवानपुरकी निर्मला लो उत्कृष्ट घोषित भएकी छिन् ।

प्रतियोगितामा प्रथम् हुने खेलाडीले नगद पच्चिस हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् भने द्धितीय हुनेहरुले नगद पन्ध्रहजार,शिल्ड, मेडल, प्रमाण पत्र र तृतीय हुनेहरुले नगद दशहजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट हुने खेलाडिहरुले नगद पांच हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा देश भरका २० जिल्लाबाट १८० भन्दा वढी खेलाडीहरुको सहभागिता रहेको आयोजक मकवानपुर क्योकुशिन कराँते संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्