Logo

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,एक जना गम्भीर



Spread the love

 

 

१२ जेठ, राजविराज । गत शनिवार रात सप्तरीको रुपनी गाउँपालिका सडक खण्डमा मोटरसाइकल र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षीय मनिष चौधरी रहेका छन् भने गम्भीर घाइते मोटरसाइकलको पछाडि सीटमा सवार सोही वडा निवासी २० वर्षीय सत्ये माझी रहेका छन् l

पश्चिमबाट पूर्व तर्फ आइरहेको स.१त.७४०४ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५प. ४०५ नम्बरको मोटरसाइकल रुपनी गाउँपालिका ६ जगमोहन चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका माझीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी भावेष रिमालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्