Logo

खोलामा १ व्यक्ति मृत अवस्थामा फेला



Spread the love

 

१२ जेठ, पाँचथर । फिदिम–४, स्थित हेंवाखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–६, का ७० वर्षीय दलबहादुर योङहाङ रहेका छन् ।
परिवारका अनुसार मृतक योङहाङ हिजो कसैलाई नभनि घरबाट निस्केका थिए । भने उनलाई खोलाको बीच भागमा मृत अवस्थामा भेटिएको हो ।
मृतकको शव पोष्टमार्डमपछि परिवारलाई जिम्मा दिइएको र उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्