Logo

विप्लवका कार्यकर्ता जंगल पसे



Spread the love

६ वैशाख, काठमाडौं । मुलुक स्थानीय निकायको चुनावमा होमिएका बेला सोको विरुद्ध आक्रामक नारा र अभिव्यक्ति दिने कम्युनिष्ट पार्टी (विप्लव समूह)ले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको छ । ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौंः जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् ।
जनआस्था साप्ताहिकमा खबर छ– स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले सञ्चालन गरेको सुकिदह केन्द्रमा अर्धसैन्य संरचनामा करिब तीन सय कार्यकर्ता तालिमरत छन् । सल्यान, रुकुम र रोल्पाको सिमानास्थल सुकिदहलाई केन्द्र बनाएर त्यस आसपासका कार्यकर्तालार्य तालिम दिइरहेको बताइन्छ ।
जानकारी अनुसार पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सल्यान ढाकाडाम निवासी चन्द्रबहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । तालिममा रुकुम र सल्यानका १५०-१५० जना कार्यकर्ता सहभागी रहेको भनिए पनि अन्य जिल्लाका कार्यकर्तालाई समेत लगिएको छ ।
विप्लव कार्यकर्ताको पहिलो निशानामा माओवादी केन्द्रका नेता र उम्मेद्वार भएको सूचना पाएपछि रुकुमस्थित माओवादी केन्द्रले वाइसिएललाई संगठित गरिरहेको बुझिएको छ । उम्मेद्वार तथा नेतालाई कब्जा गर्ने, ज्यान मार्ने धम्की दिने अनि मोटो रकम असुल्ने योजना छ– विप्लव समूहले चलाएको चुनाव प्रतिरोधी सैन्य तालिमबारे स्रोत भन्छ, ‘ठेकेदार र ठूला सरकारी योजनासँग पनि उनीहरुले रकमको बार्गेनिङ गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्