Logo

लागुऔषधसहित भारतीय नागरिक पक्राउ



Spread the love

१२ जेठ, गुलरिया । प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश राज्य अन्र्तगत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा लौकाई ग्राम बस्ने २७ वर्षीय रिजवान बेहना हुन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीको नेतृत्वमा रहेको टोलीले बर्दियाको बढैयाताल कण्ठपुरबाट रिजवानको साथबाट १ ग्राम ४४० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ४५ वटा ट्यावलेट नाइट्राभेट लुकाइ- छिपाइ राखेको अवस्थामा फेला परेको हो ।

उनको साथबाट यूपी ४० के ९७३८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्