Logo

विश्वविजेता ग्रिजम्यान भित्र्याउने तयारीमा म्यानचेस्टर युनाईटेड



Spread the love

१३ जेठ, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गर्न तयारी थालेको छ ।

इन्ग्लिश अनलाइन मेट्रोले ग्रिजम्यानलाई क्लबमा ल्याउन युनाईटेडले तयारी गरिरहेको दाबी गर्दै समाचार लेखेको छ । फ्रान्सका विश्वकप विजेता ग्रिजम्यानले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरेका थिए ।

एट्लेटिको छाडेसंगै ग्रिजम्यान बार्सिलोना जाने हल्ला चलिरहेको छ । तर, उनलाई युनाईटेडले समेत आँखा लगाएको हो ।

यस सिजन युनाईटेड आफ्ना केहि खेलाडी बेच्दै नयाँ खेलाडी ल्याउने योजनामा रहेका छन् । मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले रोमेलु लुकाकु र एलेक्सिस सान्चेजलाई बेच्दै नयाँ खेलाडी ल्याउने योजना अन्तर्गत क्लबको नजरमा ग्रिजम्यान परेका हुन् ।

ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाटबाट एट्लेटिको आएका थिए ।

प्रतिक्रिया दिनुहोस्