Logo

धेरैले मन नपराएको क्लब लिभरपुल



Spread the love

१३ जेठ, काठमाडाैँ – लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा सर्वाधिक नरुचाईने क्लब बनेको छ ।

फुटबल समर्थकहरुमाझ गरिएको एक अध्ययनका अनुसार लिभरपुल सर्वाधिक नरुचाईने क्लब देखिएको हो ।

एक वेबसाइट फ्यानच्यान्टस्ले गरेको सर्वेक्षण अनुसार प्रिमियर लिगमा समर्थकले नरुचाएको क्लबमा लिभरपुल परेको हो । फ्यानच्यान्टस्ले २६ हजार बढी समर्थकबीच सर्वेक्षण गरेको थियो ।

लिभरपुलपछि नरुचाईने क्लबको दोस्रो स्थानमा टोटेनहम रहेको छ ।

यस्तै म्यानचेस्टर सिटी तेस्रो र म्यानचेस्टर युनाईटेड चौंथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्