Logo

पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : अध्यक्ष दाहाल



Spread the love

१३ जेठ काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रताकै पक्षमा संविधान बनेकाले यसको भावनाविपरीत कुनै पनि ऐनकानून नबनाइने स्पष्ट गरेका छने । पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन इच्छुकको १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता र साहित्यले राष्ट्रलाई अझ सुदृढ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए ।

“राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गराउने सङ्कल्पमा कुनै विचार र मान्यताले कमजोर पार्नु हुँदैन”, पूर्वप्रधानमन्त्री दाहालले भने, “हाम्रो पत्रकारिताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्छ ।” उनले पत्रपत्रिकामा राष्ट्रिय एकतालाई कमजोर पार्ने लेखरचना छ भने त्यहाँ केही गल्ती छ भन्ने थाहा हुनेछ भन्दै त्यसको समर्थन गर्न नसकिने बताए । अध्यक्ष दाहालले इच्छुकमा राजनीतिक, वैचारिक र सैद्धान्तिक निष्ठा भएको स्पष्ट गर्दै उनले नेपाली साहित्य, संस्कृति र पत्रकारितामा खेलेको भूमिका अतुलनीय भएको बताए ।

“इच्छुक बहुआयामिक व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ पत्रकार र राजनीतिक योद्धा हुनाका साथै असाध्यै सरल, इमान्दार र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । यति धेरै आयाम एउटै व्यक्तिमा विरलै पाइन्छ”, अध्यक्ष दाहालले भने, “समारोह गर्ने फूल चढाउने मात्र गर्नाले उहाँप्रति श्रद्धाञ्जलि हुदैन । म पत्रकारका रुपमा उहाँले निर्भीकता र निष्ठाका साथ वर्गीय पक्षधरप्रति खरो उत्रिएर जनमत निर्माणमा निर्वाह गरेको भूमिका स्मरण गर्न चाहन्छु ।”

राजनीतिक विचारको धार निर्माणमा उहाँको कलम तीखो रुपमा चल्ने गरेको बताउँदै नेता दाहालले पार्टीभित्रको वैचारिक सङ्घर्षमा जहिले पनि क्रान्तिकारी कित्ता पकड्ने उहाँ सँधै श्रमजीवी वर्ग र एकताका पक्षमा उभिनुुहन्थ्यो”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्