Logo

स्थानीय तह निर्वाचनः मतदानस्थल र मतदान केन्द्र निर्धारण



Spread the love

वैशाख ६, काठमाडौँ–  गते निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार मतदानस्थलको सङ्ख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ ।

आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ । जिल्लागत मतदान स्थल र केन्द्रसम्बन्धी पूर्ण विवरण यसप्रकार छ ः

७५ जिल्लामा कायम मतदानस्थल÷केन्द्रको विवरणः

जिल्ला कोड जिल्ला स्थल सङ्ख्या मतदान केन्द्र सङ्ख्या जम्मा मतदाता सङ्ख्या
१ ताप्लेजुङ ७३ १०५ ७०,७७८
२ पाँचथर १०१ १५६ ११६,६२६
३ ईलाम १४४ २४९ १८९,२७४
४ झापा २८३ ६३७ ५१०,२१६
५ सङ्खुवासभा १०३ १४७ ९६,६५७
६ तेह्रथुम ५७ ८५ ६०,७०४
७ भोजपुर ८७ १४१ १०५,५५३
८ धनकुटा ११७ १४३ ९५,३६७
९ मोरङ ३०० ६६९ ५६३,८७०
१० सुनसरी १६६ ४८५ ४२१,१५९
११ सोलुखुम्बु ११८ १२० ६१,७४६
१२ खोटाङ १३६ १७३ ११५,६४४
१३ ओखलढुङ्गा ७९ १२८ ९१,५०८
१४ उदयपुर ९८ २२२ १७५,४६१
१५ सप्तरी २९२ ४६१ ३३१,४६२
१६ सिराहा २१९ ४२६ ३३१,५९६
१७ दोलखा ९४ १७८ १३३,४८२
१८ रामेछाप ९० १७० १३४,६२०
१९ सिन्धुली १३७ २३० १६८,२४७
२० धनुषा ३२६ ५३५ ३८९,३८६
२१ महोत्तरी २५३ ४१४ ३०८,४०४
२२ सर्लाही ३१५ ५०१ ३६६,६०५
२३ रसुवा ३४ ४२ २७,७५६
२४ धादिङ १०९ २५१ २०६,००२
२५ नुवाकोट १२८ २४० १८५,७८२
२६ काठमाडाँै ३२० ६८६ ५५९,४००
२७ भक्तपुर ७८ १९१ १६१,५२९
२८ ललितपुर १३१ २६५ २१३,०७३
२९ काभ्रेपलान्चोक १८९ ३०७ २३०,८४९
३० सिन्धुपाल्चोक १४४ २५८ १९८,६८१
३१ मकवानपुर १६४ २९५ २२७,७५९
३२ रौतहट २७४ ४३६ ३२३,४५०
३३ बारा २९४ ४५१ ३३३,६७८
३४ पर्सा १६३ ३४२ २८०,२११
३५ चितवन १६१ ३७६ ३१३,००२
३६ गोरखा २१३ २६० १६९,०४६
३७ मनाङ २८ २८ ५,०९५
३८ लमजुङ १२३ १५५ १०५,९९२
३९ कास्की १५० २८८ २२४,८११
४० तनहुँ १३६ २५३ १९४,४७१
४१ स्याङ्जा १९९ २८० १९१,२५३
४२ गुल्मी १३८ २४० १८०,७७५
४३ पाल्पा ११८ २१२ १६२,२५३
४४ अर्घाखाँची ९३ १६६ १२६,६९९
४५ नवलपरासी २३२ ४६८ ३६९,८९४
४६ रुपन्देही २०८ ५४३ ४५८,६१६
४७ कपिलवस्तु २३३ ३८७ २८६,५४८
४८ मुस्ताङ्ग ३७ ३७ ८,२६३
४९ म्याग्दी ७२ १०२ ७१,४६३
५० बाग्लुङ १०३ १९२ १५६,८०२
५१ पर्वत ७४ १२९ ९९,२४३
५२ रुकुम १०४ १४५ १०१,९३२
५३ रोल्पा ८० १५४ ११४,२४३
५४ प्युठान १५१ १८६ १२७,४४७
५५ सल्यान १११ १७५ १२५,२५६
५६ दाङ १५१ ३५१ २९१,१५०
५७ डोल्पा ६६ ६६ १६,७०३
५८ मुगु ६० ६० २७,४३५
५९ जुम्ला ७६ ८७ ५४,६७७
६० कालिकोट ९९ १०७ ६१,०२८
६१ हुम्ला ५२ ५२ २४,५६२
६२ जाजरकोट ८५ ११३ ७८,९४७
६३ दैलेख १३६ १९२ १३२,९६५
६४ सुर्खेत १३८ २४० १८४,३९९
६५ बाँके १३६ २९५ २४६,०७८
६६ बर्दिया १५३ ३१४ २५३,१८५
६७ बाजुरा ६९ ९१ ६४,९५०
६८ अछाम १२९ १८५ १२७,७४२
६९ बझाङ १२५ १५४ ९७,६१०
७० डोटी ११५ १५५ १००,८८७
७१ कैलाली २३१ ४९० ४०३,२८०
७२ दार्चुला ११० १२८ ७२,९०६
७३ बैतडी १२० १७४ १२४,८२४
७४ डडेलधुरा ७७ ११० ७५,७८०
७५ कञ्चनपुर १३२ २९३ २३५,७३५
जम्मा १०,६४० १८,५७२ १,४०,५४,४८२

सबै जिल्लाको नमुना मतपत्र वेवसाइटमा

यसैबीच, आयोगले मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुनासमेत वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले छ आकारको मतपत्र छपाइ गरेको छ ।

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसङ्ख्या अनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् । मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने छ हजार ६८० वडाबाट एक–एक जना दलित महिला पनि चुनिनेछन् । स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्