Logo

मुलुक साढे १० खर्ब ऋणमा, प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ



Spread the love

१४ जेठ, काठमाडौं । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ। सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महंगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो।

‘०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँ मुलुक ऋणमा परेको देखिन्छ।

‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ। त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख पाँच सयले भाग गर्दा ३३ हजार रुपैयाँभन्दा वढी देखिएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्