Logo

सम्बन्ध विच्छेद बढेकोले बिहेपछि घर सम्हाल्न तालिम



Spread the love

१४ जेठ, काठमाडौं । इजिप्टको कायरो विश्वविद्यालयमा छात्राहरूलाई बिहेपछि कस्तो व्यवस्था गर्ने भनेर तालिम दिन थालिएको छ। सम्बन्ध विच्छेदका घटना निकै बढेपछि यस्तो तालिम कक्षामा नाटक प्रदर्शन गरी समस्या समाधान गर्न सिकाइन्छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

एउटा नाटकको दृश्य छ – ‘ श्रीमान् कार्यालयबाट घर आउँछन्। उनले कूचो लगाइरहेकी श्रीमतीसँग सोध्छन्। खाना बनाइनौं ? पत्नी जवाफ दिन्छिन् – केटाकेटी मैले हेरूँ। कार्यालय पनि जाऊँ। के के गरूँ ?’ यसरी रमाइलो पारामा गृहस्थी जीवनमा आउने तीतामीठा अनुभव र प्रेमको पाठ सहज तरिकाले सम्झाइन्छ। नाटक हेरेपछि श्रीमान्ले पनि घरको काम गर्नुपर्छ भनेर विद्यार्थी र शिक्षकले अनुभूति गर्छन्।

शिक्षिका सलाहा अहमद भन्छिन्, ‘घरको काम गर्नु श्रीमान्को पनि जिम्मेवारी हो। पत्नीमा पनि समझदारी हुनु आवश्यक छ।’ पत्नीले पनि कार्यालयबाट आएका श्रीमान्को चिन्ता गर्नुपर्ने अहमदले बताइन्। त्यसपछि घरका अन्य कामलाई प्राथमिकता दिँदा राम्रो हुने उनले बताइन्। यसका लागि सरकारले विश्वविद्यालयलाई सहयोग गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्