Logo

उत्तर कोरिया र इरानप्रति नरम देखिए ट्रम्प



Spread the love

१४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सोमवार उत्तर कोरिया र इरानबीच एक्कासि लचिलो देखिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच ‘अत्यन्त सम्मान’ भएको भन्दै प्रशंसा गरेका छन्। इरानसँग पनि वार्ताको सम्भावना व्यक्त गरेका छन्। उनले दुवै देशसँग तनावपूर्ण सम्बन्ध नचाहेको नहीं बताएका छन्।

जापानी प्रधानमन्त्री शिन्जो आबेसँग शिखर वार्ता गर्नुपूर्व ट्रम्प उत्तर कोरियाप्रति निकै नरम देखिए। गत महिना उत्तरले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीच तनाव बढेको थियो। ट्रम्पले आबेको कार्यालयमा सञ्चारकर्मीसँग भने, ‘उत्तर कोरियासँग निकै राम्रो हुनेमा म विश्वस्त छु। म गलत पनि हुन सक्छु, सही पनि। तर म राम्रो सम्बन्ध हुनेमा आशावादी छु।’

ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हनोईमा भएको वार्ता विफल भएको थियो। ट्रम्पले उत्तर कोरियाप्रति आक्रामक हुनु आवश्यक नभएको पनि बताए। आफूले राष्ट्रपतिको पद सम्हाल्दा प्रायस् क्षेप्यास्त्र परीक्षण गरिरहेकामा हाल यो नगण्य भएको दाबी गरे। हालै उत्तर कोरियाले गरेको परीक्षण मामुली खालको भएको भन्दै चिन्ता नगर्न उनले आग्रह गरे। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको भनाइ पनि उनले अस्वीकार गरे। उत्तरको परीक्षणबाट सुरक्षापरिषद्को प्रस्ताव उल्लंघन भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्