Logo

आतंककारीको खुला चुनौती रोक्न सरकार प्रतिबद्धः प्रधानमन्त्री



Spread the love

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी गतिविधिमार्फत दिइएको खुलेआम चुनौती रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

१९ औं मानवअधिकार दिवसका अवसरमा सोमबार ललितपुरमा बोल्दै ओलीले नेकपा विप्लव समूहको गतिविधिलाई लक्षित गर्दै पैसा उठाउने र तर्साउने उद्देश्यले निर्दोष मान्छे मार्न नहुने बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

‘कहीं सिलिण्डर, प्रेसर कुकर बम पड्काउने, लुटमारका लागि क्रान्तिको नाम लिने, परिवर्तनको नाम लिने क्रियाकलाप असामयिक छन्। मानवअधिकार, संविधान, कानुनविपरीत, अमानवीय, हिंसावादी र आतंककारी छन्,’ प्रधानमन्त्रीले भने। विप्लव समूहले आइतबार काठमाडौंमै सिलिण्डर बम बिस्फोट गराएको थियो।

प्रतिक्रिया दिनुहोस्