Logo

उपराष्ट्रपतिद्वारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट



Spread the love

१४ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा उनीहरूबीच दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताए । उपराष्ट्रपति पुनले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रूपमा जानरकारी गराएका थिए । भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्