Logo

कोकेनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु



Spread the love

१४ जेठ, काठमाडौं ।

लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।

उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो।

अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती यात्रीको ज्यान गएको हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्