Logo

पैदलयात्रीको २ लाख लुट्दै गर्दा १ जना पक्राउ



Spread the love

 


१४ जेठ, काठमाडौँ ।   पैदलयात्रीको नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका ७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियार रहेका छन् ।

परियारलाई काठमाडौंकाे माछापोखरीमा पैदलयात्रीको नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्