Logo

स्थानीयले बन्द गरे दक्षिणकाली सडक



Spread the love

 

१४ जेठ, काठमाडौँ ।
दक्षिणकाली नगरपालिका–८ स्थित शीतल चोकमा स्थानीयहरुले सडक अवरोध गरेका छन् ।

सडक भत्किएको चार वर्षसम्म पनि पिच नहुँदा स्थानीयले बल्खु–हेटौंडा सडकको दक्षिणकाली खण्ड अवरुद्ध पारेका छन् । अवरोधका कारणा बल्खु–हेटौंडा रुटमा सञ्चालन हुने सवारी साधन ठप्प भएको छ ।

सन् २०१५ मा बल्खुदेखि फर्पिङसम्मको ९.५ किलोमिटर सडक चौडा गर्ने र सर्फेस ड्रेसिङ पिच गर्ने ठेक्का भारतीय कम्पनी सीमान्चल र गौरी पार्वती–सौनाला खिम्ती जेभीले पाएका थिए । यो सडक निर्माणको कूल लागत २३ करोड ८७ लाख रुपैयाँ रहेको थियो। तर
पिच गरेको केही समय नबित्दै ठाउँठाउँमा खल्डा परेको र सडक बिग्रिसकेको छ। छिटोछिटो पिच गर्ने नाममा अलकत्रा छरेर त्यतिकै छोडेका कारण पिच गरेको सडक भत्किएको हो ।

उक्त सडक भत्किएको  चार वर्षसम्म पनि पिच हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्