Logo

फेसबुक मार्फत ठगी गर्ने एक जना पक्राउ



Spread the love

 

१४ जेठ, काठमाडौँ । प्रहरीद्वारा फेसबुकमार्फत कोठा भाडामा मिलाइदिन्छु भनी ठग्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौँ नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन् l
भट्टराईले आफ्नो फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गर्नुका साथै सम्पर्क नम्बर पनि राखेका थिए l

फोन गर्ने ग्राहकहरुलाई कोठा हेर्नु भन्दा अघि पन्ध्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेका महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएको छ l

प्रतिक्रिया दिनुहोस्