Logo

बार्सिलोना लिजेन्ड जाभी कतारी क्लबको प्रशिक्षकमा नियुक्त



Spread the love

एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेज प्रशिक्षकमा नियुक्त भएका छन् ।

बार्सिलोनाका लिजेण्ड जाभी कतारी क्लब अल सद्द स्पोर्ट्स क्लबका प्रशिक्षक बनेका हुन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

बार्सिलोनाबाट बिट मारेपछि अल सद्दबाटै खेल्दै आएका जाभीलाई क्लबले आगामी सिजनको लागि प्रशिक्षक नियुक्त गरेको हो ।

‘आगामी सिजन जाभीले प्रशिक्षकको रुपमा सुरुवात गर्ने छन् ।’ क्लबले सामाजिक संजालमा लेखेको छ ।

लामो सिजन बार्सिलोनामा बिताएका जाभी सन् २०१५ मा कतारी क्लब अल सद्दमा अनुबन्धित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्