Logo

बंगलादेश विरूद्ध भारतको सहज जीत



Spread the love

१५ जेठ, काठमाडाैँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । वेल्सको कार्डिफमा मंगलबार भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले हराएको हो ।

भारतले दिएको ३६० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २६४ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि मुस्फिकुर रहिमले ९० तथा लिटोन दासले ७३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि कुलदिप यादब र युजभेन्द्र चाहलले ३/३ विकेट लिए । जस्प्रित बुम्राहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रन बनाएको थियो ।

भारतका लागि धोनीले ११३ रन जोड्दा राहुलले १०८ रन बनाए ।

इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्