Logo

वेष्ट इण्डिजद्वारा न्युजिल्याण्ड पराजित



Spread the love

१५ जेठ, काठमाडाैँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई पराजित गरेको छ ।

ब्रिस्टोलमा मंगलबार भएको खेलमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई ९१ रनले पराजित गरेको हो ।

वेष्ट इण्डिजले दिएको ४२२ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४७ ओभर २ बलमा अलआउट हुँदै ३३० रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका लागि टम ब्लुन्डेलले १०६ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्