Logo

आठ महिनामा पाँच लाख बिरामी भर्ना



Spread the love

 

१५ जेठ, काठमाडौं।
पछिल्लो आठ महिनामा झन्डै पाँच लाख बिरामी अस्पतालमा भर्ना भएका छन् । २०७५ साउनदेखि फागुन मसान्तसम्ममा आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ ।

तीमध्ये प्रदेश १ मा ६७ हजार ६३९, प्रदेश २ मा ९ हजार ६१९, प्रदेश ३ मा २ लाख ६१ हजार ५३१, गण्डकी प्रदेशमा ३९ हजार २९५, प्रदेश ५ मा ६७ हजार ७१४, कर्णाली प्रदेशमा २० हजार ९३९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ८७१ बिरामी भर्ना भएका छन् ।
यस्तै, सो अवधिमा १ करोड ५ लाख ३२ हजार ३२५ पटक बिरामी अस्पताल पुगेका छन् ।

अस्पतालले पटकपटक बोलाउँदा बिरामी दोहोरिएर अस्पताल जाने गरेका छन् । त्यस्तै, सो अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४७४ मुटुका बिरामीलाई बहिरंगमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने ५ हजार ९२१ बिरामीको क्याथल्याबमार्फत उपचार गरिएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्