Logo

एक दिनमै ट्रान्सक्रिप्ट घोषणामै सीमित



Spread the love
फाइल तस्बिर

१५ जेठ, काठमाडौं।
एक वर्षअघि त्रिभुवन विश्वविद्यालयले २४ घण्टाभिक्रै विद्यार्थीले ट्रान्सत्रिप्ट लिन सक्ने व्यवस्था मिलाएको घोषणा गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

उपकुलपति तीर्थराज खनियाँले शिक्षाशास्क्रका मनोजकुमार सिंहलाई ट्रान्सत्रिप्ट दिँदै ‘अब एक दिनमै जसले पनि लिन सक्ने’ उद्घोष गरे । तर अहिले पनि ट्रान्सक्रिप्ट लिन कम्तीमा एक साता पर्खनैपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।

नयाँ व्यवस्थाबारे समाचार पढेपछि ट्रान्सक्रिप्ट लिन गएका शिक्षा संकायका विद्यार्थी सुमित चन्द मलिकले पुरानै चलनअनुसार कुर्नुपर्‍यो । ‘समाचारलाई गलत भनौं कि विश्वविद्यालयको घोषणालाई रु’ उनले भने, ‘जसलाई गलत भने पनि मर्कामा त हामी विद्यार्थी नै पर्छौं ।’ आफूले बुझाएको विवरणमा कुनै गल्ती नभए पनि ट्रान्सक्रिप्ट लिन १० दिन लागेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्