Logo

कार्यालयमा शंकास्पद वस्तु फेला



Spread the love

१५ जेठ, बझाङ। बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ वडा कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ ।

वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद वस्तु रहेको जानकारी प्राप्त भए पछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको बझाङका सीडीओ सुरेश सुनारले बताएको छ ।

उक्त स्थान सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पुग्न लगभग ४ घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्