Logo

दाइजो नल्याएको भन्दै श्रीमानद्वारा श्रीमती माथि कुटपिट



Spread the love

१५ जेठ, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-५, दाइजो नल्याएको भन्दै श्रीमानले श्रीमती कुटपिट गरेको छ ।

मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै १८ वर्षीया श्रीमती विनितादेवी यादवलाई गम्भीर घाइते हुने गरि कुटपिट गरेको हो ।

उनका श्रीमान  राजकुमार खिरहरीको कुटाइबाट गम्भीर घाइते भएकी विनितादेवीको माइतीपक्षले उपचारका लागि सदरमुकाम मलंगवा ल्याएका थिए ।

सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार माइती पक्ष कुटपिटमा संलग्न श्रीमानलाइ कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका थिए । पीडित पक्षले लिखित उजुरी दिन नसकेका कारण राजकुमारलाई प्रहरीले २४ घण्टा नियन्त्रणमा लिई
श्रीमतीको उपचार गर्ने र श्रीमतीलाइ कुटपिट नगर्ने सर्तमा छाडिएको हो ।

विनिताले अघिल्लाे वर्ष राजकुमार संग प्रेम विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्