Logo

भन्सार कार्यालयबाट घुससहित पक्राउ



Spread the love

१५ जेठ, कैलाली । कैलालीस्थित टीकापुर भन्सार कार्यालय खक्रौलाबाट १ जना एजेन्टका सहयोगीलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामबहादुर साउद रहेका छन् ।
उनलाई भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार महसुल काटी  रसिद उपलब्ध गरिसके पछि पनि उनले भन्सार छुट गरि दिएको भन्दै सेवाग्राहीबाट १५ हजार घुससहित अख्तियार अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

उनलाई भन्सार कार्यालयबाट नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्