Logo

३७ हजारद्वारा सरकारी पदक अस्वीकार



Spread the love

७ वैशाख, काठमाडौं– सरकारले करोडौं खर्चेर बनाएका पदकहरु सम्बन्धित व्यक्तिले लिन नआउँदा बेवारिसे बनेका छन् । बर्सेनि ठूलो संख्यामा वितरण गरिने यस्ता पदकको व्यवस्थापन गर्न गृहलाई हम्मे परेको छ ।

यसरी सम्बन्धितले नलगी बेवारिसे बनेका पदकको संख्या ३७ हजारको हाराहारीमा रहेको गृहले जनाएको छ ।

समाज र राष्ट्रको लागि उल्लेखनीय योगदान पुर्याएवापत सरकारले प्रदान गरेको ३६ हजार ६ सय ८० थाल पदक संरक्षण हुन सकेका छैनन् । मानपदवी– विभूषण तथा सम्मानपत्र बनाउने तथा उचित व्यवस्थापन गर्ने जिम्मा गृह मन्त्रालयको व्यवस्थापन महाशाखाअन्तर्गत विभूषण शाखाको हो । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्