Logo

ओली स्वदेश फर्कदै



Spread the love

वैशाख ७, काठमाडौं– नियमित स्वाथ्य परीक्षणका लागि थाईल्याण्ड गएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै छन। ओली मध्यान्ह सवा १२ बजे थाई एयरको विमानवाट काठमाण्डौं आईपुग्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। नियमित स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली गत चैत्र २६ गते बैङकक् गएका थिए। मृगौला प्रत्यारोपण गरेका ओलीलाई २ बर्ष अघि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बैङककस्थित बुमरुम गार्ड अस्पातालमा भर्ना गराई उपचार गरिएको थियो । त्यसयता ओलीले सोही अस्पातालमा नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन । अध्यक्ष ओली मुलुक बाहिर भएपछि एमालले स्थानीय तह निर्वाचनको घोषणा पत्र लगायत चुनावी रणनिति बनाउन सकेको छैन् । ओली स्वदेश फर्किए लगत्तै एमालेले निर्वाचन घोषणा पत्र र थप रणनिति तय गर्ने सचिव भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्