Logo

चेल्सीलाई युरोपा लिगको उपाधि



Spread the love

१६ जेठ, काठमाडाैँ   इंग्लिस क्लब चेल्सीले फराकिलो गोल अन्तर सहित युरोपा लिगको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा अर्को इंग्लिस क्लब आर्सनललाई ४–१ को गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग च्याम्पियन भएको हो ।

अजरबैजानको बाकु स्टेडियममा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोश्रो हापको चौथो मिनेटमा नै ओलिभर जिरूडको उत्कृष्ट हेटरबाट चेल्सीले अग्रता लियो । त्यसको १० मिनेट बित्न नपाउँदै पेड्रोले गोल गर्दै २–० को अग्रता दिलाए ।

चेल्सीले एकतर्फी प्रदर्शन गरेको खेलको ६५ औँ मिनेटमा हाजार्डले पेनाल्टी मार्फत गोल गर्दै चेल्सिलाई ३ गोलको अग्रता दिलाए । हाजार्डको गोलले ४ मिनेटको समयसीमा पार गर्न नपनउँदै आर्सनलका इओवीले उत्कृष्ट भली गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए पनि ७२ औँ मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई ४–१ को सहज जीत दिलाए ।

आजको जितले स्पेनिस क्लब रियल मड्रिड जाने लगभग निश्चित भएका हाजार्डको सुखद बिदाई समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्