Logo

युरो २०२० छनाैट: वेल्सद्वारा टोलीको घोषणा



Spread the love

१६ जेठ, काठमाडाैँ – युरोकप छनोटका लागि वेल्सले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । वेल्सले बुधबार युरो छनोटका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

वेल्सले घोषणा गरेको टोलीमा आरोन रामसे र बेन डेभिस टोलीमा अटाएका छैनन् । आर्सनलका रामसे र टोटेनहमका डेभिस चोटका कारण टिममा नपरेका हुन् । दुबैको स्थानमा प्रशिक्षक रायन गिग्सले नयाँ खेलाडीलाई मौका दिएका छन् ।

वेल्सको टिममा रियल मड्रिडका ग्यारेथ बेल अटाएका छन् ।

वेल्सले जुन ८ मा क्रोएसिया र जुन ११ मा हंगेरीसंग खेल्नेछ ।

 

वेल्सको टिम :

वायन हेन्नेस्से, ड्यानी वार्ड, अल्फन्सो डेभिस, एस्ले विलियम्स, निल टेलर, क्रिस मेफाम,क्रिस गुन्टर, कोर्नर रोबेर्ट्स, बेन विलियम्स, इथान अम्पाडु,जोए रोडेन, टम लोक्यर, जेम्स लरेन्स, जोई अलेन, जोनाथन विलियम्स, विल भौल्क्स, डेभिड ब्रोक्स, माथ्यु स्मिथ, डान जेम्स, ड्यलन लेभिट, ग्यारेथ बेल, बेन वुडबर्न, ह्यारी विल्सन, टम लरेन्स, रब्बी मटोनडो, जर्ज थोमस, साम भोक्स,किफेर मोरे

प्रतिक्रिया दिनुहोस्