Logo

विवाद समाधान नहुन्जेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकियो



Spread the love

१६ जेठ, काठमाडौं – चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको हो ।

नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए ।

बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन रंगशालामा ठुलो क्षति पुर्याएको भन्दै त्यहाँ काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउदै विवाद समाधान नहुन्जेल काम रोकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्